8.1 C
Kathmandu

क्लासिक टेक बन्यो नेपालको सबैभन्दा तीव्र गतिमा बढिरहेको इन्टरनेट सेवा प्रदायक

काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक (ISP) क्लासिक टेक प्रा.लि. सर्वाधिक ग्राहक वृद्धिदर हासिल गर्ने कम्पनी बनेको छ। नेपाल दूरसञ्चार प्राधिकरण (NTA) ले सार्वजनिक गरेको पछिल्लो एमआईएस (MIS) प्रतिवेदनअनुसार, गत एक वर्षको अवधिमा देशभरका सबै इन्टरनेट सेवा प्रदायकहरूमध्ये क्लासिक टेकले सबैभन्दा उच्च गतिमा आफ्नो ग्राहक संख्या बढाएको हो।

प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२ देखि २०८३ असारसम्मको अवधिमा क्लासिक टेकको ग्राहक संख्या ५६ प्रतिशतले वृद्धि भएको छ। यसअघि १ लाख ८७ हजार १३७ ग्राहक रहेकोमा, यो अवधिमा बढेर २ लाख ९२ हजार ९२२ पुगेको छ। यो वृद्धिदर बजारका अन्य स्थापित प्रतिस्पर्धीहरूभन्दा निकै उच्च हो। प्राधिकरणको तथ्यांकअनुसार वार्षिक वृद्धिदरमा क्लासिक टेक ५६ प्रतिशतसहित अग्रस्थानमा छ भने वाइफाइ नेपाल ४७ प्रतिशत, नेपाल टेलिकम १९ प्रतिशत, भायानेट १७ प्रतिशत, वर्ल्डलिंक ७ प्रतिशत र डिसहोम ३ प्रतिशतले बढेका छन्। यता, सुबिसुको ग्राहक संख्या भने १० प्रतिशतले घटेको छ।

कम्पनीले हासिल गरेको यो उल्लेख्य वृद्धिको मुख्य आधार प्रविधि र पूर्वाधारमा गरिएको लगानीलाई मानिएको छ। क्लासिक टेकले आफ्ना सबै आवासीय प्याकेजहरूमा, सुरुवाती तहमा समेत ‘वाइफाइ ६’ (Wi-Fi 6) राउटरलाई मानक बनाएको छ। हाल कम्पनीले देशका ७४ जिल्लामा निरन्तर नेटवर्क विस्तार गरिरहेको छ। आवासीय सेवाका साथै कर्पोरेट क्षेत्रका लागि पनि कम्पनीले व्यवस्थित डाटा सेन्टर सेवा, डार्क फाइबर, L2/L3 सहयोग र २४ सै घण्टा सञ्चालन हुने नेटवर्क अपरेसन सेन्टर (NOC) मार्फत सेवा प्रदान गर्दै आएको छ।

यस उपलब्धिलाई क्लासिक टेकले ग्राहकहरूको अगाध विश्वासको प्रतीक मानेको छ। “यो नेपालभरका ग्राहकहरूको हामीप्रतिको भरोसाको ठूलो संकेत हो,” कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बजार परिपक्व हुँदै जाँदा, ग्राहकहरूले केवल मूल्यमा मात्र नभई नेटवर्कको गुणस्तर र सेवाको आधारमा प्रदायक रोज्न थालेका छन्।” कम्पनीले आगामी दिनमा पनि पूर्वाधार विस्तार र सेवाको गुणस्तरमा ध्यान दिने जनाएको छ। यस्तो गतिमा वृद्धि हासिल गर्न पूर्वाधार र सहयोग क्षमतामा निरन्तर लगानी आवश्यक पर्ने बताउँदै कम्पनीले जिम्मेवारीपूर्वक विस्तार गर्दै नियामक प्रावधानहरूसँग पूर्ण रूपमा तादात्म्यमा रहेर अघि बढ्न प्रतिबद्ध रहेको जनाएको छ।

सन् २००९ मा स्थापित क्लासिक टेक प्रा.लि. नेपालको एक अग्रणी इन्टरनेट सेवा प्रदायक हो। हाल ग्राहक संख्याको आधारमा ८.२० प्रतिशत बजार हिस्सासहित क्लासिक टेक नेपालको पाँचौँ ठूलो र शीर्ष तहका कम्पनीहरूमध्ये सबैभन्दा छिटो बढिरहेको आईएसपी हो। कम्पनीले हाल देशका ७४ जिल्लामा फाइबर ब्रोडब्यान्ड, इन्टरप्राइज कनेक्टिभिटी, र आईपिटीभी (IPTV) सेवाहरू सफलतापूर्वक प्रदान गर्दै आइरहेको छ।

थप समाचार

ताजा समाचार