8.1 C
Kathmandu

नाट्टामा भरतजंग पाण्डेको समूहले जित्यो, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । ट्राभल व्यवसायीहरुको छाता संस्था नेपाल एशोसिएसन अफ ट्राभल एन्ड टूर एजेन्ट्स (नाट्टा)मा भरतजंग पाण्डेको समूहले जितेको छ । शुक्रबार भएको नाट्टाको ५९औं वार्षिक साधारणसभासँगै भएको २५औं कार्यसमितिको निर्वाचनबाट पाण्डे निर्वाचित भएका छन् । नाट्टाको आगामी २ वर्षे कार्यकालका लागि चुनिएको नयाँ नेतृत्वमा ३ जना सदस्यबाहेक पाण्डेकोसमूह विजयी भएको हो ।

शनिबार विहान सार्वजनिक मत परिणाम अनुसार अध्यक्ष अध्यक्ष पदको प्रतिस्पर्धामा पाण्डेले १८८ मत प्राप्त गरे । उनका निकटतम प्रतिप्रस्र्धी युविका भण्डारीले १५८ मत र जिस्वां तुलाधर श्रेष्ठले १०६ मत प्राप्त गरिन ।

एभरेष्ट मिराकल ट्राभल्स एन्ड टूरका निर्देशक रहेका पाण्डेसँग पर्यटन क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव छ । उनी यसअघि २०२०–२०२२ कार्यकालमा नाट्टाको कार्यसमिति सदस्यका रूपमा समेत रहेका थिए ।

पाण्डेले अगाडि सारेका ११ वटा प्रमुख एजेन्डालाई नाट्टा सदस्यले अनुमोदन गरेका छन् । ’सशक्त नाट्टा, समृद्ध पर्यटन’ भन्ने मूल नाराका साथ चुनावी मैदानमा उत्रिएका पाण्डेले चुनावमा दिएका मुख्य प्राथमिकताहरूमा सुशासन र पारदर्शिता कायम गरेर नाट्टालाई बलियो बनाउने उल्लेख छ । नाट्टामा आचारसंहिता लागू गरी पूर्ण पारदर्शिता र व्यावसायिकता सुनिश्चित भएको संस्था बनाउने विषय पहिलो प्राथमिकता हुने उनको प्रतिवद्धता व्यक्त गरेका छन् ।

विश्वका प्रमुख ट्राभल मार्टहरूमा नेपालको सहभागिता बढाउने र नेपालमै अन्तर्राष्ट्रिय स्तरको ट्राभल मार्ट गर्ने पहल पान्डेको अध्यक्षताको नाट्टाले गर्ने उल्लेख गरेका छन् ।
हवाई र यातायात समस्या समाधान आगामी नयाँ कार्यसमितिले आवश्यक प्रयास गर्ने भएको छ । यसका लागि हवाई टिकटमा लागेको भ्याट हटाउन र पर्यटकीय यातायात भ्याट नलगाउने व्यवस्था मिलाउने काम उनको कार्यसमितिले गर्ने भएको छ ।

पाण्डे पर्यटन, हस्पिटालिटी र एभिएसन क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव बटुलेका व्यवसायी हुन । उनी एभरेष्ट मिराकल ट्राभल्स एण्ड टूर्सका संस्थापक निर्देशक हुन ।
ग्यालरी पार्क होटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत रहेका पाण्डेले शैक्षिक रूपमा त्रिभुवन विश्वविद्यालयबाट ट्राभल एन्ड टुरिजम म्याजेजमेन्टमा स्नातकोत्तर (एमटीटीएम) र पोखरा विश्वविद्यालयबाट होटल व्यवस्थापनमा स्नातक (बीएचएम)पूरा गरेका छन ।

नाट्टाको नयाँ निर्वाचनबाट पाण्डेको प्यानलबाट ३ जना सदस्य भने युविका भन्डारीको प्यानलबाट निर्वाचित भएका छन् ।


नयाँ कार्यसमितिका धिकारीहरू

पदनाम
अध्यक्षभरतजंग पाण्डे
वरिष्ठ उपाध्यक्षसुनिल शर्मा
उपाध्यक्षसविता के.सी. भट्टराई
महासचिवराज कुमार देवकोटा
सचिवरमेश पराजुली
कोषाध्यक्षदीकी शेर्पा
सह–कोषाध्यक्षजिवन कोईराला

कार्यसमिति सदस्यहरू

पदनाम
कार्यसमिति सदस्यप्रकाश लोहनी
कार्यसमिति सदस्यनबिन गुरुङ
कार्यसमिति सदस्यस्मारिका थापा
कार्यसमिति सदस्यदिनेश मैनाली
कार्यसमिति सदस्यस्वस्तिका प्रधान
कार्यसमिति सदस्यसुमन लाल श्रेष्ठ
कार्यसमिति सदस्यसंकेत दाहाल
कार्यसमिति सदस्यविभाष पौडेल

थप समाचार

ताजा समाचार