17.1 C
Kathmandu

ओखलढुङ्गाका पूर्व जिल्ला सभापति टङ्कनाथ लुइटेलको सालिक अनावरण 

ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाका पूर्व सभापति स्व. टङ्कनाथ लुइटेल तथा धर्म पत्नीहरू स्व.टीकादेवी लुइटेल र नारायण कुमारी लुइटेलको सालिक अनावरण गरिएको छ । सङ्घीय सांसद तथा राज्य ब्यवस्था सुशासन समितिका सभापति रामहरि खतिवडाले आज एक कार्यक्रमकाबीच सुनकोशी गाउँपालिका वडा नं १ स्थित बलखुमा सालिक अनावरण गरेका हुन । 

सालिक अनावरण कार्यक्रममा बोल्दै सभापति खतिवडाले टङ्कनाथ लुइटेलले जिल्लाको विकासका लागि महत्वपूर्ण योगदान दिएको स्मरण गरे । सालिक उद्‌घाटन कार्यक्रममा सबै राजनीतिक दलको उपस्थितले टङ्कनाथ लुइटेल समाजका सबै नागरिकसँग उत्तिकै नजिक र लोकप्रिय रहेको प्रमाणित गरेको खतिवडाले बताए । 

कार्यक्रममा बोल्दै प्रदेश माननीय तथा पूर्व स्वास्थ्य मन्त्री प्रदिप कुमार सुनुवारले तत्कालीन समयमा बलखुको मात्रै नभएर सिङ्गो ओखलढुङ्गाको विकासमा टङ्कनाथ लुइटेलले निकै महत्वपूर्ण भूमिका खेलको बताए । 

कार्यक्रममा बोल्दै सिद्धिचरण नगरपालिकाका मेयर तथा नेपाली काँग्रेस ओखलढुङ्गाका सभापति तेजेन्द्र खनालले पञ्चायतकालीन समयमा पनि नेपाली काङ्ग्रेसको सङ्गठन विस्तारका लागि  माधव लुइटेल, भोजराज खनाल, डिल्लीराम खनाल लगायतले टङ्कनाथ लुइटेलकै घर प्रयोग गरेको भन्दै टङ्कनाथ लुइटेल पञ्चायतकालीन सभापति भएपनि राजनीतिक जागरणका लागि उनको निकै ठूलो योगदान रहेको बताए । 

उक्त कार्यक्रममा सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङ, चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसि, नेपाली काङ्ग्रेस कोशी प्रदेश सदस्य रुद्र प्रसाद  अधिकारी, कोशी प्रदेश सदस्य कुमार लुइटेल, नेपाली काँग्रेसका नेता खिलनाथ दाहाल लगायतले टङ्कनाथ लुइटेलको योगदानका बारेमा आ आफ्नो मन्तव्य राखेका थिए । 

कार्यक्रम टि.एन. स्मृति प्रतिष्ठानका सभापति नवराज लुइटेलको अध्यक्षतामा आयोजना गरिएको थियो । उक्त सालिक स्व. टङ्कनाथ लुइटेलका परिवारले निर्माण गरेका हुन । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार