22.1 C
Kathmandu

क्लासिक टेकको रिफर बोनस अफर, तिमीलाई पनि मलाई पनि सार्वजनिक

काठमाडौँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिफर अफर अन्तरगत तिमीलाई पनि मलाई पनि अफर सार्वजनिक गरेको छ। अब ग्राहकले क्लासिक टेक मोबाइल एप बाट रिफर गर्दा। रिफर गर्ने र रिफर मार्फत इन्टरनेट + आइपी टी. भी जडान गर्ने दुवै जनाको हात खाली नहुने अर्थात् दुवैको एकाउन्ट मा बोनस थपिने गरि उक्त अफर सार्वजानिक गरेको हो। 

कम्पनीका अनुसार रिफर गर्ने ग्राहकले ४  महिना इन्टरनेट + आइपी टी .भी र रिफर मार्फत इन्टरनेट जडान गर्ने ग्राहकले २  महिना सम्मको इन्टरनेट  + आइपी टी. भी  बोनस साथै वाइफाई भएको डबल ब्याड राउटर समेत निशुल्क पाउने कम्पनीले बताएको छ। नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूको लागि सार्वजानिक गरेको रिफर अफर भने १२५ एम बि पी एस देखी ३००  एम बि पी एस सम्मको १ वर्ष को इन्टरनेट  + आइपी टी. भी जडान  गर्दा रिफर बोनस पाउने छन्।  १२५ एम बि पि एस जडान गर्दा प्रति महिना३०३ र २०० एम बि पि एस जडानमा प्रति महिना  ५९१ लाग्ने छ। आफ्नो आफन्त छर छिमेकी साथी भाइ इस्टमित्रहरूलाई क्लासिक टेक मोबाइल एप बाट सजिलै रिफर गर्न सकिने कम्पनीले बताएको छ ।

उक्त अफर सीमित अवधिको लागि मात्र रहेको कम्पनीले जनाएको छ। थप जानकारीको लागि सम्पर्क न. ९८०१००६६३३ मा कल गर्न सक्नुहुनेछ  । अथवा कम्पनीको वेबसाइट www.classic.com.np मा लगइन गरि जानकारी प्राप्त गर्न सक्नुहुनेछ छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार