24.1 C
Kathmandu

अमेरिकामा मानसिक सन्तुलन गुमाएका युवकको परिवार सम्पर्कमा 

काठमाडौँ । अमेरिकाको भर्जिनियामा मानसिक रुपमा अस्वास्थ्य अवस्थामा भेटिएका नेपाली युवकका परिवार सम्पर्कमा आएका छन् । आफूलाई उमङ्ग दाहाल बताउने ती युवक मानसिक सन्तुलन गुमाएको अमेरिकाको भर्जिनिया स्थित ग्यालोज रोड आसपास देखिने गरेको अमेरिकामा रहेका सञ्चारकर्मी सुरेश दर्पण पोखरेलले आफ्नो भिडियोमा उल्लेख गरेका थिए । 

भिडियो सार्वजनिक भएपछि ती युवाको परिवार सम्पर्कमा आएका सञ्चारकर्मी पोखरेलले बताएका छन् । उनका अनुसार ती युवालाई रेस्क्यु गरेर नेपाल फर्काउन गैर आवासीय नेपाली सङ्घ अमेरिका लगायतका विभिन्न व्यक्ति तथा संस्थाहरूले पहल शुरु गरिएको छ । भर्जिनिया क्षेत्रमा उनलाई कसैले देखेमा ९११ मा सम्पर्क गर्न र उनलाई सेल्टरमा लगेर राखिदिन सहयोग गर्न आव्हान गरिएको छ । 

ती युवाको उद्धारका लागि ह्वाट्स एपमा समूह समेत बनाइएको र उक्त समूहमा ती युवाको परिवारका सदस्य सहित अमेरिकामा रहेका विभिन्न सामाजिक सङ्घ संस्थाका व्यक्तिहरू सहितको संयोजन समूह तयार गरिएको सञ्चारकर्मी पोखरेलले बताए । 

सम्बन्धित समाचार: 

https://nepaliartha.com/main-news/6009/

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार