15.1 C
Kathmandu

शुक्रबारदेखि प्रथम सहकारी रोजगार मेला हुने

काठमाडौं । राष्ट्रिय सहकारी महासङ्घको आयोजनामा शुक्रबारदेखि प्रथम सहकारी रोजगार मेला–२०८१ आयोजना हुने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी यस सम्बन्धि जानकारी दिएको हो ।

महासङ्घकी अध्यक्ष ओमदेवी मल्लले सहकारीमार्फत युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको बताइन । उनले भनिन्, दिनप्रतिदिन युवाहरु विदेश जानुपर्ने परिस्थिति अन्त्य गरी मुलुकभित्रै सहकारीको माध्यमबाट रोजगार बनाउने उद्देश्यले मेला आयोजना गरिएको हो ।

उनले मेलाले मर्यादित रोजगारीका अवसर प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो । हाल नेपालमा ३१ हजार सहकारीमा एक लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको उहाँले जानकारी दिनुभयो । ‘मर्यादित सहकारी व्यवसायका लागि युवा सङ्लग्नता’ भन्ने नाराका साथ हुन लागेको मेलामा उत्पादन तथा सेवाका सहकारीहरु र अन्य जनशक्ति खोज्न सहजता प्रदान गर्ने आयोजकले जनाएको छ । मेला असार ७ देखि ९ गतेसम्म चल्ने बताइएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार