काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्राविधिक अधिकृत ( निर्माण तथा मर्मत ) निर्मलप्रसाद सिटौला विरुद्ध डेढ करोडभन्दा बढी रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले सिटौलालाई कार्यालय समयमा कार्यालयमा हाजिर गर्दै छुट्टै निर्माण कम्पनीमा स्थापना गरेर सडक ठेक्का पट्टाको काम गरि एक करोड ६१ लाख २० हजार ४०० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले सूर्यविनायक धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजनाको ठेक्का लिएर प्रतिनिधिको रुपमा हस्ताक्षरसमेत गरी उक्त रकम भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।
अख्तियारले सिटौला विरुद्ध गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको सम्पत्ति एक करोड ६२ लाख २० हजार चार रुपैयाँ बिगो कायम गर्दै सजाय तथा गैरकानूनी आर्जन गरेको सम्पत्तिसमेत जफत गर्नुपर्ने मागसहित अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।