16.1 C
Kathmandu

सर्वाेच्चबाट चौधरी समूहले फिर्ता लियो बाँसबारी जग्गा प्रकरणको दुबै रिट

काठमाडौं । चौधरी समूहले भोगचलन गरिरहेको बाँसबारी छालाजुत्ता कारखानाको जग्गामाथीको हकदाबी फिर्ता लिदै सर्वाेच्चमा दर्ता गरेको दुबै रिट फिर्ता लिएको छ । सर्वोच्च अदालतले मंगलबार रिट दायर गर्ने कम्पनीको मागबमोजिम नै दुवै रिट फिर्ता गरेको हो। योसँगै उक्त जग्गाबाट चौधरी समूहको स्वामित्व हटेको छ ।

चौधरी समूह अन्तर्गतको च्याम्पियन फुटवेयर प्रा.ली. (हाल चाँदवाग रेसिडेन्सी प्रा.ली.) ले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा भोगचलन गर्दै आइरहेको थियो ।

मालपोत कार्यालय डिल्लीबजारले बाँसबारी छाला जुत्ता कारखानाको स्वामित्वमा रहेको १० रोपनी जग्गा फिर्ता गर्नका २०८० माघ २५ गते निर्णय गरेको थियो । उक्त निर्याय विरुद्ध चाँदवाग रेसिडेन्सी प्रा.ली.ले सर्वाेच्चमा २ वटा रिट दायर गरेको थियो ।

सी.जी. चाँदबागका तर्फबाट अध्यक्ष सञ्जयकुमार ठाकुरले दुईवटा रिट निवेदन फिर्ता लिन मंगलबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए । न्यायाधीशहरू मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासबाट उक्त रिट फिर्ता भएको हो। आदेशसँगै मुद्दाको लगत कट्टा समेत भएको छ ।

 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार