20.1 C
Kathmandu

निगमको न्यारोबडी जहाजले काठमाडौं–भैरहवा उडान गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले फूलपातीका दिन काठमाडौंबाट भैरहवा न्यारोबडी जहाज उडान गर्ने भएको छ। निगमले सोमबार विज्ञप्ति जारी गर्दै २४ गते काठमाडौं–भैरहवा बिहान ११ बजे र भैरहवा–काठमाडौं १२:३० बजे उडान गर्ने जनाएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा निगमले आगामी २४ गते यो उडान गर्न लागेको हो। पर्यटनमन्त्री बद्री पाण्डेले वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिर जाने आउने राजमार्गहरू बाढी पहिरोले क्षतिग्रस्त भएकाले यात्रु आवतजावतका लागि सहज गरिदिन वायुसेवा कम्पनीलाई अनुरोध समेत गरेका थिए।निगमले काठमाडौं–भैरहवाको भाडा ७ हजार र भैरहवा–काठमाडौंको भाडा ३ हजार ८९० रूपैयाँ तोकेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार