8.1 C
Kathmandu

अपेन चाँगुनारायण नगरको तेस्रो अधिवेशन सम्पन्न, अनिता कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

भक्तपुर । एसोसिएसन अफ प्री–स्कुल एजुकेटर्स नेपाल (अपेन) चाँगुनारायण नगर कमिटीको तेस्रो नगर अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले आगामी २ वर्षका लागि अनिता कार्कीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।

अपेनका केन्द्रीय महासचिव कृष्ण कुमार बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बोहराले प्री(स्कुल शिक्षा बालबालिकाको सिकाइको मुख्य जग भएको र यसलाई गुणस्तरीय बनाउन अपेनले खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरूका समस्या समाधानका लागि नीतिगत तहमा पहल गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा विशेष अतिथिका रूपमा बोल्दै अपेन केन्द्रीय सदस्य तथा अधिवक्ता अनिल आचार्य र भक्तपुर जिल्ला अध्यक्ष योगेश खड्काले संस्थागत एकता र शिक्षकहरूको क्षमता अभिवृद्धिमा नगर कमिटीले देखाएको सक्रियता अनुकरणीय रहेको बताउनुभयो।

अधिवेशनमा अध्यक्ष अनिता कार्कीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चाँगुनारायण नगर कमिटी भक्तपुरकै कान्छो कमिटी भए तापनि छोटो समयमा उल्लेख्य सफलता हासिल गरेको जानकारी दिनुभयो। उहाँले नगरपालिकाको शिक्षा समितिमा प्रतिनिधित्व, शिक्षकहरूका लागि क्षमता अभिवृद्धि तालिम, बालबालिकाका लागि ुकिड्स ओलम्पिकु जस्ता सिर्जनात्मक कार्यक्रम र विद्यालय म्यापिङका लागि गरिएका पहलहरूलाई मुख्य उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो। त्यस्तै, कोषाध्यक्ष सुनिता प्रधानले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले सर्वसम्मतिले पारित गरेको थियो।

अधिवेशनको निर्वाचन प्रक्रियाबाट नयाँ कार्यसमिति चयन गरिएको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शान्ति के.सी., सचिवमा सर्मिला चालिसे, सह–सचिवमा रोजिना रैला र कोषाध्यक्षमा सुनिता प्रधान रहनुभएको छ। त्यसैगरी सदस्यहरूमा लक्ष्मी अधिकारी, सुनिता खड्का, सविता खड्का, पारस र सुनिता शर्मा निर्वाचित हुनुभएको छ।
कार्यक्रममा विशेष अतिथिको रूपमा बोल्दै अपेन केन्द्रीय सदस्य तथा अधिवक्ता अनिल आचार्य र भक्तपुर जिल्ला अध्यक्ष योगेश खड्काले संस्थागत एकता र शिक्षकहरूको क्षमता अभिवृद्धिमा नगर कमिटीले देखाएको सक्रियता अनुकरणीय रहेको बताउनुभयो

नवनिर्वाचित अध्यक्ष कार्कीले आफ्नो प्रतिबद्धता मन्तव्य राख्दै आगामी दिनमा नगरपालिका भित्रका सबै प्रि(स्कुलहरूलाई एकताबद्ध बनाउने, अटिजम सम्बन्धी विशेष तालिम सञ्चालन गर्ने र बालबालिकाको सर्वाङ्गीण विकासका लागि विभिन्न कार्यक्रमहरूलाई निरन्तरता दिने बताउनुभयो। अपेन चाँगुनारायणकी उपाध्यक्ष शान्ति के.सी. ले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल तथा प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

थप समाचार

ताजा समाचार