काठमाडौं । नेपाल सरकारले स्पेन र इजरायलमा कार्यरत नेपाली राजदूतहरूलाई थप गैरआवासीय जिम्मेवारी दिएको छ। शनिल नेपाल माल्टा र प्रा. धनप्रसाद पण्डित साइप्रसका लागि गैरआवासीय राजदूत नियुक्त भएका छन्।
नेपाल सरकारले दुईजना कार्यरत नेपाली राजदूतलाई थप देशको जिम्मेवारी दिएको छ। स्पेनका लागि नेपाली राजदूत शनिल नेपाललाई माल्टाका लागि र इजरायलका लागि नेपाली राजदूत प्रा। धनप्रसाद पण्डितलाई साइप्रसका लागि गैरआवासीय राजदूतको जिम्मेवारी प्रदान गरिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ अनुसार उनीहरूलाई नयाँ गैरआवासीय जिम्मेवारी प्रदान गरेका हुन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्त प्रसाद पन्थीद्वारा जारी विज्ञप्तिमा सो जानकारी दिइएको छ।
नयाँ नियुक्तिसँगै शनिल नेपाल अब माल्टामा पनि नेपाल सरकारको प्रतिनिधित्व गर्नेछन् भने प्रा। पण्डित साइप्रसमा नेपालको सम्बन्ध विस्तार र प्रवर्द्धनमा सक्रिय रहनेछन्।
नेपालले हाल विभिन्न मुलुकमा गैरआवासीय राजदूतको रुपमा दोहोरो जिम्मेवारी दिँदै आएको छ, जसले कूटनीतिक उपस्थितिलाई सुदृढ बनाउन र स्रोतको प्रभावकारी प्रयोग गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ।