8.1 C
Kathmandu

भाटभटेनी मन्टेश्वरी स्कुलको ७औँ अभिभावक दिवस र ग्य्राजुएशन समारोह सम्पन्न

भक्तपुर । भक्तपुरस्थित भाटभटेनी मन्टेश्वरी स्कुलले आफ्नो ७औँ अभिभावक दिवस र ग्य्राजुएशन समारोहलाई भव्य रूपमा आयोजना गरेको छ। कार्यक्रममा  विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय सरकारका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति थियो।

कार्यक्रमको प्रमुख अतिथि चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले विद्यालयको उत्कृष्ट शैक्षिक कार्यको सराहना गर्दै यसले नगर क्षेत्रका विद्यार्थीहरूलाई उच्चस्तरीय शिक्षा प्रदान गरिरहेको बताएका छन्। उनले भाटभटेनी मन्टेश्वरी स्कुललाई नगरका प्रमुख निजी विद्यालयहरू मध्ये एक भएको उल्लेख गर्दै, नगरपालिकाबाट विद्यालयलाई निरन्तर सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा विशेष अतिथि चाँगुनारायण नगरपालिका वडा नं. २ का वडा अध्यक्ष सोम प्रधानले विद्यालयको समयानुकूल शिक्षण पद्धतिका लागि धन्यवाद दिएका छन्। उनले विद्यालयले विद्यार्थीहरूलाई सिर्जनात्मक र आधुनिक शिक्षामा आधारित सिकाइको अवसर प्रदान गरिरहेको बताए। उनले भने, “यस प्रकारका शैक्षिक संस्थाहरू स्थानीय क्षेत्रमा गुणस्तरीय शिक्षा बढाउन महत्त्वपूर्ण भूमिका निभाउँदै छन्।”

विद्यालयका संस्थापक र प्रमुख प्रिन्सिपल अनिता कार्कीले विद्यालयको सात वर्षे यात्रा र शैक्षिक क्षेत्रको विकास बारेमा आफ्नो भनाइ राख्दै, विद्यालयले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याइन्। उनले अभिभावक र स्थानीय सरकारको निरन्तर सहयोगका लागि धन्यवाद पनि व्यक्त गरिन्।

कार्यक्रम विद्यालयका अध्यक्ष अनिल आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो।

समारोहमा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम, फेसन शो, नाटक र मनोरञ्जनात्मक प्रस्तुतिहरू प्रस्तुत गरे, जसले उपस्थित अभिभावक र अतिथिहरूलाई निकै आकर्षित गर्‍यो। समारोहमा विद्यार्थीहरूको ग्य्राजुएशन कार्यक्रम पनि आयोजना गरिएको थियो।

थप समाचार

ताजा समाचार