26.1 C
Kathmandu

गैह्र आवासीय नेपाली महासंघको अध्यक्षमा महेशकुमार श्रेष्ठको उम्मेदवारी

काठमाडौँ । गैह्र आवासीय नेपाली महासंघको वर्तमान उपाध्यक्ष महेशकुमार श्रेष्ठले संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । संघका अभियन्ताहरूसँग छलफल गर्दै अगाडि बढेका उनले युरोप, मध्यपूर्व र अष्ट्रेलिया लगायतका मूलुकमा रहेका एनआरएनए अभियन्ताहरूसँगको भेट, साथ र समर्थन समेटेपछि अहिले काठमाडौँमा आएर एनआरएनएको चुनावमा होमिएका हुन्।

पदमा रहँदा होस या नरहँदा नै किन नहोस्, महेशकुमारले आफ्नो तर्फबाट निभाएको सामाजिक अभियानको भूमिका र सक्रियताको सधै चर्चा हुँदै आएको छ । ‘संघसँग आबद्द रहनुभएका र यो संस्थासँग आबद्द नरहँदा पनि सामाजिक अभियानका निमित्त लागि पर्दै आउनुहुने प्रबासी नेपाली र सामाजिक अभियन्ताहरूको सल्लाह र सुझाब बोकेर नै मैले अध्यक्ष पदमा उठ्ने निधो गरेको हुँ । मलाई सधै साथ समर्थन मिलेको र आगामी दिनमा पनि मिल्ने बिश्वास लिएको छु,’ उनले भने ।

गैह्र आबासीय नेपाली संघको आगामी ११ औं महाधिवेशनका लागि अध्यक्ष पदका उम्मेदवार श्रेष्ठले आफू आगामी नेतृत्वका लागि जिम्मेवारी लिन उत्साहित रहेको बताए । गैह्र आबासीय नेपाली संघको वृत्तमा शालिन, भद्र र स्वच्छ छविको परिचय बनाएका श्रेष्ठको अध्यक्ष पदमा उम्मेदवारी रहेको चर्चाले बजारमा नयाँ तरङ्ग पैदा गरेको छ । संघको कोषाध्यक्ष हुँदै हाल उपाध्यक्ष रहेका उनले अध्यक्ष पदको उम्मेदवारीले सर्बत्र सकारात्मक सन्देश प्रवाह गरेको पाइएको छ ।

श्रेष्ठले कोषाध्यक्ष रहँदा संघलाई आर्थिक रूपमा सबल बनाउनुका साथै वित्तीय सुधारमा गरेको कामको आज पनि प्रशंसा हुने गरेको छ । उनी जापान र नेपालमा सफल व्यवसायी मानिन्छन् । सफल व्यवसायीको परिचय बनाएका महेशकुमार श्रेष्ठले हाईड्रो, बैंकिङ, रेमिट्यान्स, कृषि, आईटी, इन्सुरेन्स, आयात–निर्यात, भौतिक पूर्वाधारलगायत बिभिन्न व्यवसायिक क्षेत्रमा आफ्नो दह्रो उपस्थिति जनाउँदै आएका छन् । हल्ला र चर्चा भन्दा पनि काम, कर्तब्य र आफूले निभाउनुपर्ने भूमिका अनि पुरा गर्नुपर्ने कर्तब्यप्रति सजग रहँदै आएका श्रेष्ठको उम्मेदवारीलाई लिएर यतिबेला सही पद सही ब्यक्तित्वको रूपमा चरितार्थ गर्न थालिएको छ ।

‘कोषाध्यक्ष हुँदा उहाँले संघको सचिवालय मार्फत् हुने आय व्यय ३–३ महिनामा सार्वजनिक गरेर राम्रो काम गर्नुभएको थियो । सस्थालाई कहिले पनि बिबादमा ल्याउनुहुन्न र यस्तो संस्था बिबादरहित हुनुपर्छ भन्ने उहाँको धारणा र विचारको सबैले खुलेर प्रशंसा गर्ने गरेका छन्,’ महेशकुमारको बारेमा उनीसँग सहकार्य गरेका अनआरएनए अभियन्ता तथा उपमहासचिवका उम्मेदवार सोमनाथ सापकोटाले भने । कोषाध्यक्ष पदमा उम्मेदवारी दिँदा संघको आर्थिक व्यवस्थापनलाई पारदर्शी बनाउन गरेको प्रतिबद्धता पूरा गरेका उनले बोली र व्यवहारमा देखाएको कटिबद्दताले देखाएको परिणाम सांच्चै उल्लेखनीय रहेको थियो । उनलाई सबैलाई समेटेर अनि सबै वर्ग, तह, तप्काका साथै विविध पेशा र क्षेत्रमा लागेकाहरूलाई संगठित गर्दै सबै पक्षसँग समन्वय र सहकार्य गर्न सक्ने गजबको क्षमता र दक्षता भएको ब्यक्तिको रूपमा लिईंने गरिन्छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार