8.1 C
Kathmandu

सरकारले आयात खुला गरिसक्यो, व्यवसायी भने अझै किन आन्दोलित, के माग पूरा भएन ?

काठमाडौं । सरकारले ८ महिनादेखि आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेर व्यवसायीको एउटा प्रमुख माग पूरा गरिसकेको छ । व्यवसायलाई प्रतिवन्ध लगाउनु हुँदैन भन्ने माग पूरा गरेको भएपनि व्यवसायी भने अझै आन्दोलित छन ।

खाँस गरे अहिले निजी क्षेत्रका अटो व्यवासायीले नै सरकारी नीति नियम र व्यवस्थाप्रति असन्तुष्टि जनाएर आन्दोलन गरिरहेका छन ।

आयातको माग पूरा भएपनि उच्च दरको ब्याज, सरकारले कात्तिकदेखि लागू गरेको चालू पुँजी कर्जामा सहजीकरण र आयात गर्दा राख्नुपर्ने नगद मार्जिन हटाउनुपर्ने प्रमुख माग राखेर व्यवसायी आन्दोलित भएका हुन ।

नेपाल राष्ट्र बैंकले ल्याएको चालु पुँजी मार्गदर्शनका कारण व्यवसाय गर्न नसकिने अवस्था आएको भन्दै अटोमोबाइल व्यवसायीहरु सडकमा आएको नाडा अटोमोबाल्स एशोसिसनका अध्यक्ष ध्रव थापाले बताए ।

अटोमोबाइल व्यवसायीहरुको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना सुरु गरेको छन। नाडाले ब्याजदरलगात विषय सम्बोधन नगरेसम्म धर्नालगायत विरोधका कार्यक्रम जारी रहने नाडाले जनाएको छ।

सवारीसाधन आयात प्रतिबन्ध, तरलता संकट, ब्याजदर वृद्धिलगायतका कारणले व्यवसाय ठप्प भएपछि एक खर्बभन्दा बढी लगानी भएको अटोमोबाइल व्यवसाय संकटतर्फ धकेलिएपछि वाध्य भएर सडकमा आउनु परेको व्यवसायीहरुको जिकिर छ।

सरकारले लिएको नीतिले देशभर ५ दर्जनभन्दा बढी सवारीसाधनका शोरुम तथा सर्भिस सेन्टर बन्द भइसकेको नाडा अटोमोबाइल एशोसिएसनले जनाएको छ।

अटोमोबाइल व्यवसाय ठप्प भएपछि सञ्चालन खर्च धान्न नसकेर धमाधम शोरुम बन्द गर्न बाध्य भएको नाडाको भनाइ छ। विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सरकारले आठ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने निजी प्रयोजनका कार, जिप, भ्यान, एक सय ५० सिसीभन्दा माथिका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएको छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार