काठमाडौँ । देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालभरि इन्टरनेट सेवासम्बन्धी समस्या समाधानका लागि सपोर्ट क्याम्प सुरु गरेको छ। कम्पनीले सेवा प्रयोगकर्ताहरूले भोग्दै आएको समस्या र गुनासोहरूलाई मध्यनजर गर्दै यो पहल थालेको हो।
सपोर्ट क्याम्प अन्तर्गत इन्टरनेटसम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह, तुरुन्त फिल्ड सपोर्ट, राउटर सट्टा, स्पिड टेस्ट, फाइबर केबल परिवर्तन, सुस्त इन्टरनेट जस्ता समस्याहरू समाधान गर्न प्राविधिक टोली ग्राहकको घरमै पुग्नेछ। कम्पनीका अनुसार, सपोर्ट क्याम्पमा सम्बन्धित क्षेत्रका प्राविधिक प्रमुख, शाखा प्रमुखसहितको विशेष टोलीको उपस्थिति रहनेछ।
सपोर्ट क्याम्प सञ्चालन हुने स्थान र मिति:
२०८२ साउन २२, बिहीबार बिहान १० बजे देखि साँझ ५ बजे सम्म हेटौँडा-४ हुप्राचौर बजार, पोखरिया हाटबजार, भरतपुरको भोजाड प्रगतिटोल
२०८२ साउन २३, शुक्रवार बिहान १० बजे देखि साँझ ५ बजे सम्म पर्सौनी हाटबजार, चितवनको टाँडी बजार, सिम्रौनगढको कालिका चोक, गढीमाई मन्दिर
२०८२ साउन २४, शनिवार बिहान १० बजे देखि साँझ ५ बजे सम्म राधे राधे भाटभटेनी, सूर्यविनायक, ठिमी, साना गाउँ, इमाडोल र लुभू
कम्पनीले प्रत्येक स्थानमा कम्तीमा ५० जना ग्राहकलाई सेवा दिने लक्ष्य राखेको छ। क्लासिक टेकले इन्टरनेट समस्या समाधानलाई प्राथमिकतामा राखेर सपोर्ट क्याम्प सञ्चालनमा ल्याएको जानकारी दिएको छ। ग्राहकहरूले आफूलाई नजिकको सपोर्ट क्याम्पबाट सेवा लिन सक्नेछन् भने क्याम्पसम्बन्धी थप जानकारीका लागि क्लासिक टेकको आधिकारिक फेसबुक पेज, वेबसाइट, मोबाइल एप वा ९८०१००६६३३ नम्बरमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।