काठमाडौँ । व्यस्त दैनिकीमा स्मार्टफोन, ट्याब्लेट, इयरबड्स जस्ता उपकरणहरूको निरन्तर प्रयोगले ब्याट्री सकिने समस्या झन् बढ्दो छ। यस्ता अवस्थामा भरपर्दो र छिटो चार्ज हुने पावर बैंकको आवश्यकता अझै महत्त्वपूर्ण बन्दै गएको छ। यसै सन्दर्भमा ग्लोबल टेक ब्रान्ड शाओमीले नेपाली उपभोक्तालाई लक्षित गर्दै विभिन्न क्षमता र मूल्यका पावर बैंकहरू बजारमा ल्याएको छ।
शाओमीका पावर बैंकहरू ३,४९९ देखि ४,९९९ मूल्य दायरामा नेपाली बजारमा उपलब्ध छन्, जसमा छिटो चार्जिङ सुविधा, मल्टिपल पोर्ट, बिल्ट-इन केबलजस्ता विशेषताहरू समेटिएका छन्।

विभिन्न मोडलहरूमा फरक सुविधा
शाओमी पावर बैंक ४आइ (१०,००० एमएएच)
३,४९९ मा उपलब्ध यो पावर बैंक २२.५ वाट फास्ट चार्जिङ सुविधा सहित एकैपटक तीन डिभाइस चार्ज गर्न सक्ने क्षमता राख्दछ। युएसबी–ए र युएसबी–सी पोर्ट भएको यस डिभाइसले टु-वे चार्जिङ सपोर्ट गर्छ, जसले गर्दा पावर बैंक चार्ज गर्दै अन्य डिभाइस पनि चार्ज गर्न सकिन्छ। क्लासिक ब्ल्याक, ओलिभ ग्रीन र कोरल पर्पल रंगमा उपलब्ध यो मोडल विद्यार्थी तथा व्यावसायिक प्रयोगकर्ताका लागि उपयुक्त छ।
शाओमी पकेट पावर बैंक (१०,००० एमएएच)
४,२९९ मूल्यमा उपलब्ध यस मोडलमा बिल्ट–इन केबल छ, जसले अलग्गै केबल बोक्नुपर्ने झन्झट हटाउँछ। यो पनि २२.५ वाट फास्ट चार्जिङसहित तीन डिभाइस चार्ज गर्न सक्षम छ र मरून तथा ब्लू रंगमा उपलब्ध छ।
रेड्मी पावर बैंक (२०,००० एमएएच)
४,४९९ मा उपलब्ध यो मोडल उच्च क्षमताका लागि डिजाइन गरिएको हो। १२ लेयर सुरक्षासहितको यो डिभाइस अत्यधिक ताप, सर्ट सर्किट वा उच्च भोल्टेजबाट सुरक्षा दिन सक्षम छ। कालो र सेतो रंगमा उपलब्ध यो मोडल धेरै डिभाइस भएका प्रयोगकर्ताका लागि उपयुक्त मानिन्छ।
शाओमी पावर बैंक ४आई (२०,००० एमएएच)
४,९९९ मूल्यमा उपलब्ध यो हेवी ड्युटी पावर बैंक ३३ वाट फास्ट चार्जिङसहित आउँछ। यसमा फिटनेस ट्र्याकर वा स्मार्टवाच जस्ता साना ग्याजेटका लागि लो–पावर मोड समेत रहेको छ। टाइप–सी इनपुट, टाइप–सी आउटपुट र दुई युएसबी–ए आउटपुट पोर्ट सहित, यो पावर बैंक जेट ब्ल्याक, नाइट्रो ग्रीन र टर्बो ब्लू रंगमा उपलब्ध छ।
शाओमी पावर बैंक किन?
शाओमी पावर बैंकहरू आधुनिक डिजाइन, नवीनतम प्रविधि, फास्ट चार्जिङ, र बहु-सुरक्षा सुविधासहित उपलब्ध छन्। यी पावर बैंकहरू विद्यार्थी, पेशेवर तथा प्रविधिमा भर पर्ने व्यक्तिका लागि उपयुक्त छन्। बजारमा रहेका अन्य विकल्पको तुलनामा, शाओमीका डिभाइसहरू किफायती मूल्यमा भरपर्दो समाधान प्रदान गर्छन्।
शाओमीका प्रतिनिधिका अनुसार, “हामीले ग्राहकको आवश्यकता अनुसार सुरक्षित, टिकाउ र सहज प्रयोग हुने पावर बैंकहरू उपलब्ध गराएका छौँ। नेपाली बजारका लागि यिनीहरू विशेष रूपले उपयुक्त छन्।”

