8.1 C
Kathmandu

क्लासिक टेक १६औं वर्षमा, “जति मा चाहियो, त्यति मा पाइयो” अफरसहित वार्षिकोत्सव मनाउँदै

काठमाडौं। देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आफ्नो १६औं वार्षिकोत्सव विशेष अफरसहित मनाएको छ। सन् २००९ मा स्थापना भएको कम्पनीले हालसम्म देशभरका प्रमुख सहरहरूसहित ७४ जिल्लामा एफटीटीएच र वायरलेस प्रविधिमार्फत उच्चगतिको इन्टरनेट र आईपी टिभी सेवा प्रदान गर्दै आएको छ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले “जति मा चाहियो, त्यति मा पाइयो” भन्ने विशेष अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत ग्राहकले आफ्नै बजेटअनुसार इन्टरनेट सेवा, आईपी टिभी, र वाईफाई सिक्स प्रविधियुक्त राउटर प्राप्त गर्न सक्नेछन्।

क्लासिक टेकले आफ्नै डेटा सर्भर, कन्टेन्ट डेलिभरी नेटवर्क, नेटवर्क इन्टिग्रेसन, र सफ्टवेयर विकासमार्फत ग्राहकलाई अत्याधुनिक, गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्दै आएको छ। कम्पनीले इन्टरनेट सेवामा IPv6 कनेक्टिभिटी, WiFi 6 प्रविधियुक्त राउटर, तथा ३६५ दिन २४ घण्टा ग्राहक सेवा र १२ घण्टा फिल्ड सेवा उपलब्ध गराइरहेको छ। ग्राहकलाई थप जानकारीका लागि कम्पनीले सम्पर्क नम्बर ९७०९१८४१४७ समेत उपलब्ध गराएको छ।

थप समाचार

ताजा समाचार