8.1 C
Kathmandu

कर्मचारी सञ्चय कोषद्वारा सापटी भुक्तानीको डिजिटल सुविधा सुरू

काठमाडौं । कर्मचारी सञ्चय कोषले सापटी भुक्तानीका लागि डिजिटल भुक्तानी विकल्पहरू उपलब्ध गराएको छ। अब सेवा ग्राहीहरूले EPF मोबाइल एप, EPF iPortal, कनेक्ट IPS, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा QR बैंकिङ जस्ता सुविधाहरू प्रयोग गरी सिधै आफ्नो खाताबाट सापटी भुक्तानी गर्न सक्नेछन्।

कोषले समय र स्थानको बाधा हटाउँदै डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न यो सेवा सुरु गरेको हो। अब भौतिक रूपमा बैंक तथा फाइनान्सका शाखामा जाने झन्झट बिना नै सापटी रकम सजिलै तिर्न सकिनेछ। डिजिटल भुक्तानीले पारदर्शिता, सहजता, र सुरक्षालाई समेत बल पुर्‍याउने विश्वास गरिएको छ।

कोषले सबै सेवा ग्राहीहरूलाई डिजिटल भुक्तानी प्रणाली अपनाउन अनुरोध गरेको छ। थप जानकारीका लागि www.epf.org.np वा कोषको कस्टमर केयर नम्बर ०१-५९७००४१ मा सम्पर्क गर्न सकिन्छ।

थप समाचार

ताजा समाचार