6.1 C
Kathmandu

थप ५७ हिमालको आरोहण खुल्ला

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालमा थप ५७ वटा हिमालको आरोहण खुला गरेको जनाएको छ । मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो ।

गत असोजमा सरकारले ती हिमालहरूको आरोहण खुला गर्ने निर्णय गरेको थियो । ६ हजारदेखि ६ हजार ६५ सय मिटरसम्मको उचाइ भएका यी हिमाल आरोहणको अनुमतिका लागि पर्यटन विभागले गत असारमै सिफारिस गरेर पठाएको थियो । सूचना अनुसार पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को नियम २ को उपनियम १ बमोजिम हिमालको आरोहण खुला गरिएको हो ।

पहिला नेपालमा आरोहणका लागि ४१९ वटामा हिमालहरुमा अनुमति थियो। योसँगै अब आरोहणका लागि अनुमतिप्राप्त हिमालको संख्या ४७६ पुगेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार