9.1 C
Kathmandu

महिला हिंसाको बहुआयामिक पक्षलाई सम्बोधन गरिनुपर्नेमा सरोकारवालाको जोड

काठमाडौं । विकसित र शिक्षित समुदाय रहेको देशमा समेत महिला हिंसाका घटनाहरू भइरहेको भन्दै सरोकारवालाहरूले महिला हिंसाको बहु आयामिक पक्षलाई सम्बोधन गरिनुपर्नेमा जोड दिएका छन् । नारी चेतना केन्द्र नेपालले आयोजना गरेको नेपालमा लैङ्गिक हिंसा विरुद्ध महिला सशक्तिकरण वर्तमान स्थिति र आगामी बाटो विषयक छलफल कार्यक्रममा वक्ताहरूले यस्तो बताएका हुन ।
उक्त कार्यक्रममा बोल्दै सङ्घीय संसद् सपना राजभण्डारीले समाजमा महिलाहरूमाथि हुने हिंसाको प्रवृत्ति फरक फरक रहेको भन्दै सभ्य र सुन्दर समाज निर्माणका लागि महिला हिंसाको अन्त्य गरिनु आवश्यक रहेको बताउनु भयो । अहिले महिला हिंसा नभएका कुनै पनि मुलुक छैनन् । तर यसो भन्दैमा महिला हिंसालाई बढवा दिनुपर्छ भन्ने होइन । यसको न्यूनीकरणका लागि समय सापेक्ष कार्यक्रम र गतिविधि सञ्चालन गरिनु पर्छ, उहाँले भन्नु भयो ।
   
कार्यक्रममा कानूनी सहायता र परामर्श केन्द्रकी कार्यकारी निर्देशक तथा अधिवक्ता अनिता न्यौपाने थपलियाले महिला सशक्तिकरणः वर्तमान स्थिति र आगामी बाटो विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्र प्रस्तुत गर्दै आधिवक्ता थपलियाले महिलाहरुमाथि हुने हिंसाका प्रवृत्तिहरु पछिल्लो समयमा परिर्वतन हुँदै गएकोले त्यस्ता हिंसा नियन्त्रणका लागि सोहि अनुसारका गतिविधि गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा लैङ्गिक विज्ञ तथा राष्ट्रिय ज्येष्ठ नागरिक सङ्घ  नेपालकी कार्यकारिणी सदस्य शान्तालक्ष्मी श्रेष्ठ, महिला सुरक्षा दबाब समूहकी अध्यक्ष कल्याणी शाह, बियोण्ड बेइजिङ कमिटीकी अध्यक्ष कृष्णा कुमारी वाइबा लगायतले महिला हिंसाको अवस्था र त्यसको रोकथामका लागि सबैको साझा पहल आवश्यक रहेको बताउनु भयो ।
नारी चेतना केन्द्र नेपालकी अध्यक्ष सृजना पौडेलले महिला हिंसा महिलाको मात्रै सरोकारको विषय नभएको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि समाजका सबै नागरिकहरू उत्तिकै जिम्मेवार भएर लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा काठमाण्डौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लाका नारी चेतना केन्द्र नेपालद्वारा प्रवर्द्धित विभिन्न समूहका प्रतिनिधिहरूको सहभागिता थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार