8.1 C
Kathmandu

सेयर बजारमा निरन्तर ओरालो यात्रा: नेप्से ५.७३ अंकले घट्दा २७३८ को विन्दुमा

काठमाडौं। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि घट्दा बजारले लगातार तेस्रो दिन ओरालो यात्रा तय गरेको छ। बिहीबार ५.७३ अंकले ओरालो लागेसँगै नेप्से परिसूचक २७३८ अंकमा आइपुगेको हो ।

जबकि यसअघि मंगलबार २६ र बुधबार २५ अंकको गिरावट देखिएको थियो। कारोबार सुरु भएको २२ मिनेटमै नेप्से परिसूचक घटेर २७०८ अंकसम्म झरे पनि त्यसपछि भने गिरावटको दर केही सम्हालिन पुग्यो।

बजारमा कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा केही कमी आएको छ। बुधबार ४ अर्ब ९८ करोडको सेयर किनबेच भएकोमा आज ४ अर्ब ९१ करोड रुपैयाँमा सीमित रह्यो। आज कुल ९८ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको मूल्य घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत रूपमा हेर्दा उत्पादन तथा प्रशोधन ०.८४ र बैंकिङ ०.०२ प्रतिशतले बढेका छन् भने बाँकी सबै उपसमूहका सूचकहरू घटेका छन्।

आजको बजारमा श्रीनगर एग्रिटेकको मूल्य सर्वाधिक १२.५७ प्रतिशतले बढ्दा शिखर पावर, एसियन हाइड्रोपावर, रिफर फल्स पावर र एसवाई प्यानलको मूल्य पनि उल्लेख्य बढ्यो। धेरै कारोबार हुने कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत् कम्पनी, नेसनल हाइड्रोपावर, शिवम् सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर अग्रस्थानमा रहेका छन्। समग्रमा अन्य समूह ०.९७ र व्यापार समूह ०.६३ प्रतिशतले घट्दा अन्य सबै क्षेत्रका सूचक १ प्रतिशतभन्दा न्यून दरले ओरालो लागेका छन्।

थप समाचार

ताजा समाचार