काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले ग्राहकहरूका लागि आकर्षक ‘१ वर्ष जोड्नुस्, ४ वर्ष हेर्नुस्’ नामक नयाँ योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले ३०० एमबिपीएसको उच्च गतिको इन्टरनेट र आइपी टिभी जडान गर्दा ४ वर्षसम्म टिभी सेवाका साथै वाइफाई सिक्स राउटरसमेत निःशुल्क प्राप्त गर्नेछन्। यो योजना वार्षिक रूपमा जडान गर्दा दैनिक मात्र ४० रुपैयाँ लागत पर्न आउँछ, जसले ग्राहकलाई निकै सुलभ दरमा उच्च गतिको इन्टरनेट र मनोरञ्जन प्रदान गर्छ।
बजारमा आइपी टिभीको मूल्य प्रति महिना ५०० रुपैयाँ पर्ने भए तापनि यस योजनामा सहभागी हुँदा प्रति महिना मात्र २०३ रुपैयाँ पर्न जान्छ। यसबाट ग्राहकलाई ३ वर्षको थप टिभी सेवा उपहार स्वरूप प्राप्त हुँदा कुल ७,३२२ रुपैयाँ बराबरको प्रत्यक्ष लाभ हुने कम्पनीले जनाएको छ। यस सेवामा इतिहास, मनोरञ्जन, बालबालिका र खेलकुदका सयौँ च्यानलहरू समावेश गरिएका छन्। ग्राहकको तीव्र आवश्यकतालाई ध्यान दिँदै ल्याइएको यो योजनाबारे थप जानकारीका लागि नजिकैको शाखा कार्यालय, फोन नम्बर ९७०९१८४१४७ वा कम्पनीको वेबसाइटमा सम्पर्क गर्न सकिनेछ।

