29.1 C
Kathmandu

बैंकहरूमा तरलता लगानीयोग्य रकम अभावले कर्जाको सीमा ५ करोड मात्रै

काठमाडौं । वाणिज्य बैंकहरुमा लगानीयोग्य रकम (तरलता) अभावले कर्जाको सीमा ५ करोड मात्रै रहेको छ ।
पर्याप्त मात्रामा निक्षेप संकलन हुन नसकेपछि अधिकतम ५ करोड मात्रै कर्जा प्रवाहको सीमा तोकिएको सिटिजन्स इन्टरनेसनल बैंकका प्रवन्धक निर्मल गौतमले जानकारी दिए । उनले भने तरलता अभाव बजारमा हल्ला गरिएजस्ते र बैंकले ऋण दिनै नसक्ने अवस्था छैन् ।

आएका ग्राहकलाई मागेजति ऋण दिन नसकेपनि एक पटकमा ५ करोड रुपैयाँ भने दिएर अर्थतन्त्रलाई चलायनमा बनाउने काम भने भइरहेको छ । यस्तो कर्जा पनि सबै बैंकहरुले दिएका छन् । कर्जा निक्षेप (सीडी) रेसियो टाइट भएका बैंकले कम गर्ने र कम भएका बैैंकले कर्जा क्षमता बढाउने क्रम भने पछिल्लो एक वर्षदेखि नै चलिरहेको छ ।

वाणिज्य बैंकहरूमा लगानीयोग्य रकम (तरलता) अभाव हुँदा ऋण केहीमा भने लगानी ठप्प भएको छ । गत आर्थिक वर्ष २०७८/७९ भरी तरलता अभाव खेपेका बैंकहरूसँग लगानीयोग्य रकम नभएकै कारण गत वर्ष तोकिएको सीमा भन्दा करीब ६ प्रतिशत कम (१२.९ प्रतिशत)मात्रै कर्जा विस्तार भएको छ । राष्ट्र बैंकले गत आवमा बैंकहरूलाई १९ प्रतिशतसम्मको कर्जा विस्तार सीमा दिएका थिए ।

गत आर्थिक वर्षको चैतदेखि घट्न थालेको कर्जा लगानी वैशाख, जेठ, असार र साउनमा हरेक महिना कम हुँदै गएको देखिएको छ । २७ वटा वाणिज्य बैंकले पछिल्लो एक महिनामा प्रवाह गरेको कर्जा जम्मा २ अर्ब हुनु भनेको एउटा बैंकले औसतमा जम्मा ७ करोड रुपैयाँ मात्रै हो ।

पछिल्लो समय बैंकमा बढेको कर्जा मागको तुलनामा यस्तो रकम साह्रो न्यून हो । यो रकममा पनि राष्ट्र बैंकले गत चैतदेखि मासिक रुपमै कर्जा निक्षेप अनुपात (सीडी रेसियो)को मासिक विवरण माग्न थालेको थियो । केन्द्रीय बैंकले नियमनमा कडाइ गर्ने भनेपछि सीडी रेसियो अधिक भएकालाई थप दबाब परेको थियो । ति बैंकलाई केन्द्रीय बैंकले दिएको निर्देशन पालना गर्ने रेसियो मिलाउँदैमा ठिक्क भएकोले उनीहरूले थप कर्जा लगानी गर्नै सकेका थिएनन् ।

बैंकहरूले गत वर्ष निक्षेपमा सुधार हुने अपेक्षा गर्दागर्दै तरलता अभावका कारण दबाबै दबाबका बीच पनि ४ खर्ब १७ अर्ब निक्षेप संकलन गरेर ५ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

गत वर्ष निक्षेप अभावकै कारण खुम्चिएर बसेका बैंकहरूको अवस्थामा यो वर्ष साउनदेखि सुधार हुने अपेक्षा गरेका थिए । बैंकहरूमा चालू आर्थिक वर्षको साउनदेखि नै अपेक्षा अनुसार निक्षेप पाएनन् । बैंकहरूको भएकै निक्षेप पनि एकै महिनामा १ खर्ब ८ अर्ब रुपैयाँले घटेपछि बैंकहरूलाई तनाव थपिएको छ ।

जसका कारण साउन महिनाको चौथो सातासम्म कर्जा विस्तार ठप्प नै रह्यो । बैंकहरूबाट निक्षेप कम हुँदा महिनाभर ठप्प भएको कर्जा प्रवाह साउन अन्तिम सातामा जम्मा २ अर्ब रुपैयाँले मात्रै बढेको छ ।

विगतको भन्दा फरक प्रवृत्तिमा बैंकहरूबाट निक्षेप बाहिरिएको अवस्थाप्रति आफूहरू जानकार नै रहेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले बताएका छन् । उनले भने ‘बैंकहरूमा निक्षेप नभएकै कारण माग अनुसार कर्जा प्रवाह गर्न सकिएको छैन् ।

अहिले बैंकहरूले कर्जाको माग धान्नै नसक्ने गरी बढी रहेको छ । राष्ट्रिय वाणिज्य बैैंकमा मात्रै अहिले करीब २० अर्ब रुपैयाँ कर्जाको माग छ ।’ माग अनुसार कर्जा दिन सक्ने अवस्था भने अहिले कुनै बैंकसँग पनि छैन्, उनले भने ।
ऋणको माग अरु बैंकहरूमा पनि बढेको छ । यस्तो माग आउनु अर्थतन्त्रको लागि सकारात्मक भएपनि अहिले दिन सक्ने अवस्था नै हुनु चाहिँ प्रमुख समस्या भएको बुझाइ पनि श्रेष्ठको छ ।

साउन महिनामा ३ वटा बैंक (सेञ्चुरी, नबिल र नेपाल बैंकको)ले तोकिएको कर्जा निक्षेप (सीडी रेसियो)को सीमा नाघाएका छन् । यी बैंकले निक्षेप बढाउने, विदेशी ऋण ल्याउनेसहितको उपायबाट कर्जा क्षमता नबढाएसम्म थप लगानी नै गर्न नपाउने भएका छन् ।

पछिल्लो समय आर्थिक वर्ष सकिने समय तथा गत वैशाखमो निर्वाचनका कारण खर्च बढ्ने र बैंकहरूमा ह्वारह्वारर्ती तरलता आउने अनुमान गरिएको थियो । त्यो अनुमानभन्दा कम तरलता बैंकहरूमा आएकोले पनि अहिले चालू आवको शुरुवाति महिनामा बैंकहरूलाई तरलता अभाव भएको बुझाइ सम्बन्धित बैंकर्सको छ ।

रेमिट्यान्सको वृद्धि अपेक्षा अनुसार हुन नसकेको, चुनावी वर्ष भएकाले खर्च बढ्दा बैंकमा निक्षेप आउने भन्दा बाहिरिन मात्रै भएको सम्बन्धिनत बैंकको दाबी छ । बैंकहरूले दिने ब्याजदर बढाउछन भन्ने अपेक्षाका कारण पनि बैंकिङ प्रणालीमा पछिल्लो समय पैसा नआएको राष्ट्रिय वाणिज्य बैंकका सीईओ श्रेष्ठले बताए ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार