26.1 C
Kathmandu

२२ अर्ब निक्षेप थपिँदा कर्जा विस्तार १७ अर्ब, बैंकहरुमा तरलता अभाव सहज हुन लागेको हो ?

काठमाडौं । नेपालमा सञ्चालित २७ वटा वाणिज्य बैंकहरुले एक महिनामा २२ अर्ब निक्षेप थप्दा कर्जा विस्तार भने नियन्त्रण भएको छ । यो अवधिमा १७ अर्बको मात्रै कर्जा गएको छ । यो अवधिमा कर्जा प्रवाह भने निक्षेपको तुलनामा ५ अर्बले घटेको छ ।

फागुन महिनामा वाणिज्य बैंकहरूले १७ अर्ब रुपैयाँले मात्रै कर्जा जानुले तरलता अभाव नियन्त्रणमा आउन खोजेको हो कि भन्ने अनुमान हुन थालेको छ । यद्यपी बैंकहरुले लगानीयोग्य रकम नहुदाँ कर्जा नदिएर कम भएको पनि हुनसक्ने अनुमान गरिएको छ।

वाणिज्य बैंकहरूमा चालू आर्थिक वर्षदेखि निक्षेप कम र कर्जा मात्रै बढेको भएपनि फागनुमा भने कर्जा प्रवाह कम भएको छ । बैंकहरूले फागुन लागेपछि कर्जा विस्तार कम गर्दै गएका कारण निक्षेप बढ्दा कर्जा कम देखिएको हो ।

बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार फागनुमा २१ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । फागुन महिनमा सबैभन्दा बढी निक्षेप संकलन गर्नेमा माछापुच्छ्रे बैंक रहेको छ । यो बैैंकले एक महिनामा ४ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

फाग्न महिनमा ७ वटा वाणिज्य बैैंकहरूको निक्षेप संकलन अघिल्लो महिनाको तुलनामा भने घटेको छ । चालू आवको फागुनसम्ममा बैंकहरूको निक्षेप संकलन १ खर्ब ३१ अर्ब रुपैयाँ हुन पुगेको छ । यो अवधिसम्मा सबैभन्दा बढी निक्षेप संकलन नबिल बैंकले २१ अर्ब ६७ करोड रुपैयाँ गरेको छ ।

फागुनमा सबैभन्दा बढी कर्जा विस्तार गर्नेमा भने राष्ट्रिय वाणिज्य बैंकको ७ अर्ब ७ करोड रुपैयाँ रहेको छ । यो बैंकले उक्त महिना संकलन गरेको निक्षेप भने ३ अर्ब ३ करोड रुपैयाँ मात्रै छ ।

फागुनमा नौ वटा बैैंकहरूको निक्षेप संकलन घटेको छ । उक्त महिना निक्षेप संकलन घटेसँगै १० वटा वाणिज्य बैैैंकहरूको भने कर्जा विस्तार पनि अघिल्लो महिनाको तुुलनामा घटेको छ । बैैंकहरूमा निक्षेप कम संकलन भएका कारण कर्जा विस्तार पनि घटेको बैैंकसं संघले जानकारी दिएको छ ।

एक वर्षमा गर्ने भन्दा ५ प्रतिशत बढी पैसा ६ महिनामौ सकियो

बैंकहरूले एक वर्षमा प्रवाह गर्नुपर्ने भन्दा ५ प्रतिशत बढी कर्जा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नै प्रवाह गरेका छन् । बैंकहरूले कोभिडपछिको अर्थतन्त्र पुस्थापना गर्न धेरै माग आएको भन्दै एक वर्षको लक्ष्य ६ महिनामा नै नाघेको बताएका छन् ।

नेपाल राष्ट्र बैैंकका अनुसार चालू आर्थिक वर्षको ६ महिना अर्थात माघसम्ममा बैंकहरूले निजी क्षेत्रमा प्रवाह गरेको कर्जा २५.३ प्रतिशत पुगेको छ । यस्तो कर्जा चालू आवमा २० प्रतिशको मात्रै सीमा तोकिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । निजी क्षेत्रमा भएको यस्तो कर्जा विस्तार गत वर्षको माघसम्ममा १७.३ प्रतिशत मात्रै थियो ।

गत वर्षको यस्तो कर्जा विस्तारको सीमा जम्मा १९ प्रतिशत मात्रै थियो । राष्ट्र बैंकका अनुसार माघसम्मको निक्षेप संकलन भने १४.६ प्रतिशतले बढेको छ । यस्तो निक्षेप संकलन गत वर्षको माघसम्ममा २२.४ प्रतिशत पुगेको छ ।

अर्थ मन्त्रालयमा शुक्रवार आयोजना भएको विकास कार्यक्रमहरूको दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा राष्ट्र बैैंकले पेश गरेको विवरण अनुसार निक्षेप कम र कर्जा प्रवाह बढी हुँदा तरलतामा दबाब परेको उल्लेख छ ।

कार्यक्रममा अर्थ मन्त्री जनार्दन शर्माले विकासको मूख्य समस्या नीतिगत पक्ष कमजोर भएको बताएका छन् । विकासे मन्त्रालय निकायले गर्ने खर्चमा नीतिगत पक्ष कमजोर हुँदा खर्च नहुने र विकास निर्माणमा समस्या हुने गरेको बताए । उनले नीति निर्माण मार्फत अर्थतन्त्रमा सुधार गर्न पुँजी निर्माण गर्ने, लगानी भित्र्याउने र कार्यान्वयन गर्ने सबै निकाय उत्तिकै जिम्मेवार हुनुपर्ने पनि बताए ।

अर्थमन्त्री शर्माले संस्थागत सुधारमा देखिएको कमजोर र व्यवहारमा सुधार नहुँदा विकासको बाधा भएको तर्क गरेका छन् । उनले आयात निरन्तर वृद्धि भइरहेको, निर्यातको हिस्सा कम भएको कारण पनि अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् । उनले पछिल्लो समय राष्ट्र बैंकले विभिन्न ४७ प्रकारका बस्तुहरूको आयातमा मार्जिन राख्नुपर्ने व्यवस्था गरेका ति बस्तुहरूको कारण आयात कम हुँदा पनि आयतमा केही कमी भएको मन्त्री शर्माले बताए ।

मन्त्री शर्माले बैंकिङ क्षेत्रको ब्याजदर बढेका कारण अर्थतन्त्रमा समस्या आएको निजी क्षेत्रको गुनासो आएको पनि बताएका छन् । उनले उत्पादनमूलक क्षेत्रको कर्जामा २ प्रतिशत भन्दा बढी बेसरेट नहोस् भनेर बारम्बार भन्दै आएको छ र यसलाई कार्यान्वयन गर्न आग्रह गरिएको पति बताए ।

कार्यक्रमा अर्थ मन्त्रालयप्रति उत्तरदायि हुनुपर्ने निकायहरू बीमा समिति, भन्सार विभाग, ऋण अशुली न्यायाधिकरण, नेपाल राष्ट्र बैंक, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र आन्तरिक राजस्व विभागले आआफ्नो तर्फबाट प्रस्तुतीकरण दिएका थिए । उक्त प्रस्तुतीकरकणमार्फत चालू आवको अर्थवार्षिक प्रतिवेदन र यसको अवस्थाको बारेमा जानकारी दिएका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार