काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको सर्भर डाउन हुदा बिदेश जाने यात्रु डेढ घण्टा अलपत्र परेका छन । अध्यागमन विभागको सर्भरमा समस्या आएपछि अन्तर्राष्ट्रियतर्फका उडान प्रभावित भएका हुन ।
बुधबार दिउँसो अध्यागमनको सर्भर डाउन भएपछि नेपालबाट भारतलगायत तेस्रो मुलुक जाने विदेशी तथा स्वदेशी यात्रु प्रस्थान कक्षमा डेढ घण्टा अलपत्र परे ।
विमानस्थलको अध्यागमन कार्यालयका अनुसार विभागको सर्भरमा पटक पटक समस्या देखिँदै आएको छ ।