26.1 C
Kathmandu

मर्जर भाँडिएको इन्भेष्टमेन्टले जोडी पायो, लाभांशै रोकिएको हिमालयनले कहिले भेट्टाउला पार्टनर ?

काठमाडौं । नेपालको बैकिङ इतिहासमै ठूलो मर्जर तथा बलियो संस्था बन्नबाट असफल भएको नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर भाँडिएको एक वर्षपछि इन्भेष्टमेन्टले नयाँ जोडी पाएको छ ।

इन्भेष्टमेन्टले चाहदा चाहदै पनि हिमालयन बैंकका सञ्चालकले मर्जर भाँडेका थिए । हिमालयनसँग मर्जर भाडिएको करिब ५ महिनापछि इन्भेष्टमेन्ट बैंकले मेगा बैंक उपयुक्त जोडी पाएको छ ।

इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जर हुने पक्कापक्की भएको छ । यी दुई बैंकबीच मर्जर भएपनि नेपालको बैकिङ इतिहासमा ठूलो मर्जर हुने देखिएको छ । क वर्गका वाणिज्य बैंकबीच हुने मर्जरलाई महत्वपूर्ण रुपमा हेर्ने गरिन्छ । राष्ट्र बैंकले पनि वाणिज्य बैंकबीचको मर्जरलाई प्रवद्र्धन गर्ने गरेको छ ।

इन्भेष्टमेन्ट र मेगा बैंकसँग लगभग सहमति टुंगिएको छ । दुबै पक्ष सकारात्मक भएकोले छिट्टै दुईपक्षीय सम्झौता हुने भएको छ । इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड र मेगा बैंकको १६ अर्ब १२ करोड रूपैयाँ छ।

यी दुई बैंकबीच मर्जर भएर ३४ अर्ब चुक्ता पुँजीको बैंक हुने छ । उक्त चुक्ता पुँजी हालेको नेपालको बैंकरुमै सबैभन्दा ठूलो पुँजीको हुने छ । इन्भेष्टमेन्ट बैंकको एक सेयर बराबर मेगा बैंकको एक सेयर नै हुने गरी स्वाप रेसियो तय भए त्यसपछि बन्ने बैंक नेपालकै सबभन्दा ठूलो हुनेछ।

यी दुई बैंकको एक बराबर एक स्वाप रेसियो कायम भए चुक्ता पुँजी ३४ अर्ब रूपैयाँ पुग्नेछ। स्वाप रेसियोको टुंगो भने सम्पत्ति मूल्यांकन प्रतिवेदन (ड्यु डेलिजेन्स रिपोर्ट)ले गर्नेछ। मर्जर सम्भव भए त्यसपछि बन्ने बैंकको कुल निक्षेप संकलन ३ खर्ब २७ अर्ब र कर्जा लगानी ३ खर्ब १२ अर्ब पुग्नेछ।

हाल इन्भेष्टमेन्ट बैंकको कर्जा प्रवाह १ खर्ब ६५ अर्ब र मेगाको १ खर्ब ४७ अर्ब छ। इन्भेष्टमेन्टको निक्षेप संकलन १ खर्ब ८० अर्ब र मेगाको १ खर्ब ४७ अर्ब छ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा इन्भेष्टमेन्ट बैंकले २ अर्ब ४७ करोड र मेगा बैंकले २ अर्ब नाफा कमाएको थियो। इन्भेष्टमेन्ट बैंकमा ज्योति पाँडे प्रमुख कार्यकारी अधिकृत छन् भने मेगामा रविना देशराजले नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा नेतृत्व गरिरहेकी छन्।

इन्भेष्टमेन्टको प्रतिसेयर आम्दानी १८ रूपैयाँ ४ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ८० रूपैयाँ छ भने पुँजी बजारमा यसको सेयर २ सय ९९ रूपैयाँमा कारोबार भइरहेको छ। इन्भेष्टमेन्टको खराब कर्जा अनुपात २.२० प्रतिशत छ।

मेगाको प्रतिसेयर आम्दानी १६ रूपैयाँ ७७ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ३६ रूपैयाँ छ भने अन्तिम सेयर मूल्य २ सय ३७ रूपैयाँ छ। मेगाको खराब कर्जा अनुपात ०.७२ प्रतिशत छ।

इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जर भाँडिएपछि ठूला बैंक मर्जर नै असफल हुने चर्चा चलेको थियो । इन्भेष्टमेन्टले जोडी पाएको र भर्खरै यसको एक वर्षभन्दा लामो समयदेखि रोकिएको सेयरको कारोबार पनि खुला भएको छ ।

हिमालयन बैंकको भने सेयर खुला नभएको र यसको लाभांशसमेत रोकिएकोले यसलाई छिटो पार्टनर खोज्नुपर्ने चुनौती छ । नियामक निकाय राष्ट्र बैंकले भने इन्भेष्टमेन्टसँगको मर्जर हिमालयन बैंकको नै भाँडेको भन्ँदै यसको सेयर कारोबार भने अर्को पार्टनर नखोजेसम्मलाई रोक्का गरिदिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार