15.1 C
Kathmandu

जन्म भोगका लागि, मृत्यु स्वभाविक

जन्मनुको मुख्य कारण मृत्यु नै हो । तर मानिस किन जन्मिन्छ किन मर्छ भन्ने प्रश्न यदाकदा उठ्ने गर्दछ । किन जन्मेको होला ? जानी जानी आफै जन्मेको त पक्कै होइन होला ? के प्रयोजनका लागि जन्मिएको ? भन्ने जिज्ञासा सबैको मनमा लाग्नु स्वभाविक नै छ ।

हामी भोग्न जन्मिएका हौँ र भोग गर्ने सबैथोक यहीँ पाइन्छ । नर्कको भोग, स्वर्गको भोग, बैकुण्ठको भोग पनि यहीँ पाइन्छ । भोग गर्ने यहीँ भएकाले मरेपछि पाइन्न । मरेपछि मानिसले मोक्ष प्राप्त गर्दछ, त्यसलाई भोग भन्न मिल्दैन । भोग्नका लागि शरीरको आवश्यकता पर्दछ । म शरीर अलग भएर किन जन्मिएँ र किन मर्छु भन्दा म न जन्मिन्छु न मर्छु नै । म जन्म मृत्यु भन्दा अलग छु र जीवनलाई खेल सम्झी स्वीकारेको मात्र हो । यो जीवनरूपी खेलमा जित्दा सुख र हार्दा दुःख मानिन्छ । जसले यो जीवनलाई खेलको रुपमा बुझ्यो त्यो व्यक्ति सारा दुःख बाट मुक्त हुन्छ र हरहमेसा सुखको अनुभव गर्दछ ।
मानव जीवन आनन्द र सुख लिन बनेको छ । त्यसैले हामीलाई दुःख भन्दा सुख प्यारो छ । हामी सुख भोग्नका लागि जन्मिएका हौँ, प्रत्येक कुराको स्वाद थाहा पाउन जन्मिएका हौँ । उदाहरण स्वरुप सफ्टवेयरले काम गर्न हार्डवेयर चाहिन्छ । हार्डवेयर भएन भने जतिसुकै राम्रो सफ्टवेयर भए पनि अर्थहीन हुन्छ । त्यसैले भोग्नका लागि शरीर आवश्यक छ ।

मानिस जिउँदो छँदै बैकुण्ठको, स्वर्गको, नर्कको भोग गर्न सक्दछ । मृत्युको पछाडि हाम्रो मन, संस्कार र स्वभाव सबै वीज बनेर प्रवेश गरेपछि विस्तारै मन प्रस्फुटन हुन थाल्छवीज फेरी बिरुवा बन्न थाल्छयही बिरुवाबाट पूर्वजन्मको संस्कार, सुख, दुःख, कमाई उत्पन्न हुन्छ जसलाई हामी भाग्य भन्छौँ । भाग्यको भोग लिन शरीरको आवश्यकता पर्दछ । हामी त्यही भएर भोग गर्न जन्मिन्छौँ । हामी भोग्न चाहन्छौँ र भोगबाट नयाँ कुरा जान्न चाहन्छौँ । यसको लागि शरीर आवश्यक हुन्छ । एउटा जनावरलाई समातेर घाँटी रेट्दा जस्तो दुःख महसुस हुन्छ त्यसैलाई अनुभव भनिन्छ । जनावरको घाँटी रेट्दा जुन अनुभव हामीले प्राप्त ग¥यौ त्यसलाई हामी स्वभाव भन्ने गर्दछौँयही स्वभाव थाहा पाउन हामी जन्मेका हौ । अरु प्रति गरिने व्यवहार नै अनुभव हो । मैले अरुलाई गरेको जस्तो व्यवहार अरुले मलाई गर्दा कस्तो असर पर्दो रहेछ त्यो थाहा पाउन हामी जन्मिएका हौ । त्यसकारण हाम्रा अग्रजहरूऋषिमुनीहरूले भन्नुहुन्छ– “जे आफूलाई मन पर्दैन, त्यस्तो कर्म कहिले हुदैन ।” आफूलाई मन परेको कुरा भोग्नुलाई सुख भन्ने गरिन्छ । हामीले आज जस्तो कर्म गर्छौ यही व्यवहार आफुँतिर फर्किन्छ । मैले अरुलाई जस्तो व्यवहार गरेँ त्यो व्यवहार अर्को पटक अरुले आफुप्रति गरेको अनुभव हामीमा हुनपर्दछ । भाग्य कर्मले बनेको हुन्छ । भाग्यको निर्माता हामी नै हौ । हाम्रो चेतनाले दिनरात के हो ? थाहा पाउन सकिन्छ । दिनको उपभोग गरेपछि चेतनाले रातको उपभोग गर्न लालायित रहन्छ । हामी स्वभावैले विपरितलाई भोग्न चाहन्छौँ र विपरितलाई नै थाहा पाउन चाहन्छौँ । हाम्रो मनले नयाँ नयाँ चिज खोज्दछ ।

बारबार जन्मलिनुको अर्थ नयाँ ज्ञान पाउनु हो । एउटा जन्म पुरा भएपछि मानिसले अर्को जन्म लिनु पर्दछ । जन्म लिएपछि राम्रो नराम्रो व्यवहारको अनुभवबाट थाहापाई यो जन्ममा सर्वकल्याणको काम गर्नु जरुरी हुन्छ । यही सर्वकल्याणको कर्मबाट अर्को जन्ममा सवैले आफ्नो कल्याण गर्दछन् भन्ने अनुभव लिन सक्नुपर्दछ । यो पृथ्वी भोगका लागि हो । भनिन्छ, देवताहरु मानिसको जन्मलिन आतुर हुन्छन्, किनभने मानव भएर जन्मेपछि मात्र भोग गर्न पाईन्छ । देवताहरु सदासदा भोगमा डुवेका हुन्छन् । त्यसैले देवताहरु भोग गर्नका लागि आफै विभाजित भएका छन् । देवता पहिले एउटै थिए पछि गएर आफूलाई विभाजित गरेका हुन । त्यसैले सबै प्राणीहरु ईश्वरको विभाजित रुप हो । ईश्वरको स्वभाव आनन्दमय छ, सुखमय छ, ईश्वर सुखभोग गर्न चाहन्छन् । ईश्वर सुखको स्वरुप हो र आनन्दको स्वरुप पनि । मानिसले देहत्याग गरिसकेपछि कुनै प्रकारको आनन्दको अनुभव गर्न सक्दैन । जीवनलाई आनन्दमय र सुखमय बनाउन हरेक क्षण उत्सवमय हुनुपर्छ । मानव जीवन पनि उत्सवमय छ । दुःख भोग्ने अभ्यासले मात्र हाम्रो जीवनलाई नर्क बनाएको छ । हामी जन्मेर सुख भन्दा दुःख भोग्नका लागि अभ्यस्त छौँ । हामिलाई मन पर्ने सुख हो तापनि ध्यान चाँहि दुःखको गर्छौ । सुख खोज्न सुखमा ध्यान लगाउनु पर्छ तर हाम्रो ध्यान सधैभरि दुःखमा मात्र गएको हुन्छ । हामीलाई अरुले दुःख दिएको घटना याद हुन्छ, तर अरुले सुख दिएको घटना याद हुदैन । दुःख भोगेका क्षणहरुको याद आउँछ, तर सुखका क्षणहरुको याद छैन । मानिस आनन्द स्वरुप हौँ । मानिसको जुनी सुख पाउन बनेको हुन्छ । सुखको अनुभुतीले जीवनलाई स्वर्ग बनाउँदछ ।

पृथ्वी निरन्तर घुमिरहेको छ । तारामण्डल, नक्षत्र, ग्रह सबै घुमिरहेका छन् र हाम्रो जिवनचक्र पनि घुमिरहेकै छ । जन्मियौँ, हुर्कीयौँ, युवा भयौँ, प्रौढ भयौँ, वृद्ध भयौँ वृद्ध भईसकेपछि मृत्यूमा जानु साश्वत सत्य हो । हामी भोग्नका लागि आएका हौँ । भोग्न सकिएपछि शरीर त्यागी नयाँ शरीर धारण गरिन्छ । भोग्नेक्रम निरन्तर जारी नै रहन्छ । जन्म मृत्यु भनेको विराट महासागर नै हो, यस महासागरमा जवसम्म आफुहरुलाई लयबद्ध गरि एक बनाइन्न, तवसम्म जन्म मृत्यु जारी नै रहन्छ । भन्नुको मतलव जन्म भोगको लागि र मृत्यु स्वभाविक हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार