8.1 C
Kathmandu

नेवानिका पाँचवटा जहाज एकैपटक ग्राउन्डेड, उडान व्यवस्थापन मिलाउन नसक्दा दैनिक करोडौ घाटा

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको पाँ वटा जहाज एकैपटक ग्राउन्डेड भएको छ । निगमले एउटै मात्र जहाजबाट उडान उडान व्यवस्थापन मिलाउन नसक्दा दैनिक करोडौ रुपैयाँ घाटा भइरहेको छ ।

निगमले दैनिक तालिकामा रहेको यात्रुलाई उडान गर्नुपर्ने, उडान नभएको गन्तव्यको रद्द गर्दै अर्को वायुसेवाबाट पठाउने, उडान समय सार्ने, उडाउनै पर्ने तर नसकेका यात्रुलाई होटलमै लगेर राख्नुपर्नेसहितको व्यवस्थापन मिलाउन नसक्दा निगमलाई दैनिक करोडौं रुपैयाँ घाटा भइरहेको छ ।

निगमका उडानयोग्य ६ वटा जहाजमध्ये ५ वटा एकैपटक ग्राउन्डेड हुँदा निगमलाई उडान व्यवस्थापन मिलाउन सकस भएको छ । निगमका अन्तर्राष्ट्रिय उडानका चारवटा जहाजमध्ये हाल ३ वटा ग्राउन्डेड छन् ।

निगमसँग भएका अन्तर्राष्ट्रिय उडानका दुई न्यारोबडी र दुई वाइडबडीमध्ये एउटा वाइडबडी मात्रै उडानमा छ भने आन्तरिक उडानका दुई जहाज महिनौदेखि थन्किएर बसेको छन् । आन्तरिक उडानका ति जहाज अझै उडानमा आउने निश्चित भएको छैन् ।

निगमसँग भएका जहाज एकैपटक ग्राउन्डेड हुँदा दैनिक ७ सय यात्रु प्रभावित भइरहका छन् । निगमको अन्तर्राष्ट्रिय उडान गर्ने यात्रु ग्राउन्डेड भएका कारण एउटा वाइडबडीले मात्रै एक पटकमा २५० यात्रुलाई सेवा दिने भएकोले अर्को सोही क्षमताको वाइडबडी र १५० सिट क्षमताका दुई न्यारोबडी जहाजले समेत उडान गर्न नसक्दा निगमलाई अगामी शनिबारसम्म उडान व्यवस्थापन मिलाउन सकस भएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

शनिबारसम्म उडान व्यवस्थापन मिलाउन निक्कै सकस भएको छ भने यात्रुलाई टिकटको व्यवस्थापन मिलाउने, होटलमा राख्ने, अर्को उडानबाट पठाउने सहितका काम गर्नुपर्दा निकै असहज भएको निगमकै प्रवक्ता पौडेलले बताए ।

नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय प्रचलनअनुसार विमान निर्माता कम्पनी र नियमनकारी निकायले तोकेको मापदण्ड अनुसार मर्मतसम्भार गरि पूर्णरुपले उडानयोग्य भइसकेपश्चात यात्रुहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राखि उडान संचालन गर्दै आइरहेको छ ।

निगमले नियमित प्रयास गर्दागर्दै पनि विमानमा आकस्मिक प्राविधिक समस्याहरु आउँदा छोटो समयको लागि जहाज भूमिस्थ हुन पुगेको उनले बताए ।’निगमको भण्डारमा भएको भन्दा फरक पार्टपूर्जा आवश्यक पर्ने भएमा सो त्यसको ब्यबस्थापन बाहिरी मुलुकबाट आयात गनुपर्ने अवस्थाका कारण अझै शनिबारसम्म उडान सबै नियमित हुन सक्दैन्,’ उनले भने ।

निगममा रहेका दुईवटा वाइडबडी विमानहरुमध्ये एउटा विमान ९ एन एएलजेड नियमितरुपले उडान गरिरहेको छ भने अर्को ९एन एएलवाईको लागि आवश्यक पर्ने पार्टपूर्जा बिहीबार नै बेलायतबाट आइसकेको छ । उक्त पाटपूर्जा आएपछि आवश्यक मर्मतसम्भार पश्चात उक्त विमान आजै काठमाडौं दिल्लीको उडानमा प्रयोग हुने पौडेलले बताए ।

उनका अनुसार निगमको अरु दुईवटा अन्तराष्ट्रिय उडानको न्यारोबडी मध्ये ९एन एकेडब्लु चीनमा सीचेक सम्पन्न गरिसकेपश्चात नियमानुसार गर्नुपर्ने अवस्थामा छ । यो जहाजको कस्टम क्लियरेन्सको प्रक्रियामा समस्या आएकोले उडान अनुमति पुनः आवश्यक भएको निगमको भनाइ छ । यो जहाज आगामी मार्च १ ९शनिबार० काठमाडौं आउने र नियमित उडानमा जाने जानकारी निगमले दिएको छ ।

९एन एकेडब्लुको फाइभ सी चेक ढिलाई तथा अन्य कारणको सम्बन्धमा अध्ययन गरि यथार्थ विवरण केलाई कहीं कसैको कमिकमजोरी पाइएमा कर्मचारी, मर्मत तथा रिपेयर अर्गनाइजेसन ९एमआरओ० र एजेन्टसमेतलाई कानुनी प्रकृया अनुसार कारवाहीको सिफारिस सहित पेशगर्न यही फागुन ११ मा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीबाट तीन सदस्यीय छानबिन समिति समेत गठन गरिएको जानकारी पनि निगले दिएको छ ।

अर्को न्यारोबडी विमान ९एन एकेएक्सको नोज ल्याण्डिङ गियर मर्मतको लागि आवश्यक कानूनी र प्रशासनिक प्रकृया पूरा गरी दिल्लीस्थित एयर इण्डिया सर्भिसेसमा जाने भएको छ । यसका लागि काठमाडौं दिल्ली फेरि फ्लाइटको अनुमति नेपाल नागरिक उडड्यन प्राधिकरणबाट प्राप्त गर्ने वित्तिकै मर्मतको लागि दिल्लीतर्फ जाने निगमले जनाएको छ । यो जहाज आवश्यक मर्मतपश्चात आगामी शनिबारदेखि नियमित उडानमा रहनेछ ।

निगमको आन्तरिक उडानमा प्रयोग हुने एउटा ट्वीनअटर विमान ९एन एबीयुमा इन्जिन जडानपश्चात आगामी ४ मार्चबाट उक्त विमान नियमित उडानमा जाने निगमका प्रवक्ता पौडेलले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । उनले भने, ‘दोस्रो ट्वीनअटर विमान ९एन एबीटीको पनि इन्जिन जडान कार्य सकेर नियमित उडान सञ्चालन गर्ने योजना रहेको छ ।’

यात्रुहरुको सुविधालाई ध्यानमा राखेर निगमको आफ्नै उडान वा उपलब्ध भएसम्म अन्य वायुसेवा मार्फत आआफ्नो गन्तब्यमा पुऱ्याउने कार्य भइरहेको र टिकट उपलब्ध नभएसम्मको लागि उचित होटेलबासको ब्यबस्था गरिएको जानकारी पौडेलले दिए । उनले प्राविधिक समस्याको करणले सृजना भएको यस कठिन परिस्थितिमा यात्रुहरुलाई पर्न गएको असुविधाप्रति निगम क्षमायाचना समेत गरेको प्रेस विज्ञप्ति मार्फत उल्लेख गरेका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार